Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


भोक हड्ताल नगर्न भूतपूर्व गोर्खा सैनिकलाई बेलायत सरकारको आग्रह


741
Shares

एजेन्सी । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ ।

माग सम्बोधन गर्ने बारेमा छलफल चलिरहेको भन्दै सरकारले यस्तो आग्रह गरेको हो । ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालले बेलायत सरकारलाई माग सम्बोधन नगरे आन्दोलन र भोक हड्ताल गर्ने चेतावनीसहित यसअघि अल्टिमेटमसहितको पत्र पठाएको थियाे । साेही पत्रको जवाफमा रक्षा मन्त्रालयले प्रतिउत्तर पठाउँदै यस्तो प्रतिक्रिया जनाएको हो ।

गोर्खाहरूको सेवा र बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै मागहरू कानंनी तथा प्रशासनिक जटिलतासँग जोडिएकाले जिम्मेवारीपूर्वक अध्ययन भइरहेको र लन्डनमा रहेको नेपाली दूतावाससँग समन्वय गरी थप वार्ता अघि बढाइने बेलायत सरकारले जनाएकाे छ। गोर्खा सैनिकहरुले सन् १९४७ को त्रिपक्षीय सम्झौताको मर्मअनुसार पेन्सन लगायतमा पूर्ण समानता हुन नसकेको भन्दै न्यायपूर्ण समाधानको माग गर्दै आएका छन् ।

अहिले नेपाल–बेलायतबीचको त्रिपक्षीय वार्ता मुख्यतः पेन्सनकै विषयमा केन्द्रित छ । बेलायत सरकारले समाधान खोज्ने आश्वासन र संकेत देखाएको हाे ।