Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


राष्ट्रियसभाका सांसदलाई निर्वाचन सुरक्षाकाे चिन्ता


117
Shares

काठमाडाैं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले चुनावको सुरक्षा चिन्तादेखि समसामयिक विषयसम्मको चर्चा गरेका छन् ।

प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गरिनुपर्नेमा सांसदहरूको जोड दिएका हुन् । बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले चुनावका लागि अब तीन हप्ता मात्रै बाँकी रहेको उल्लेख गर्दै देशभर भयरहित, धाँधलीरहित एवम् संयमतापूर्वक चुनाव सम्पन्न हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद दुर्गाकुमारी गुरुङले प्रजातान्त्रिक आदर्शलाई व्यवहारमा स्थापित गर्ने मुख्य माध्यम चुनाव नै भएको बताउनुभएकाे छ। उहाँले राजनीतिक दलहरूले महिला उम्मेदवारलाई अपेक्षित प्राथमिकता नदिएको गुनासो समेत गर्नुभयो । त्यस्तै, सांसद गोपीबहादुर सार्की अछामीले संघीय संरचना कार्यान्वयन, संविधानको प्रभावकारी प्रयोग र परिवर्तनकारी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चुनाव महत्त्वपूर्ण हुने धारणा राख्नुभयो।

त्यसैगरी सांसद गंगाकुमारी बेल्वासेले दैलेखमा पहिचान भएको पेट्रोलियम उत्खनन गरी व्यावसायिक उत्पादन शुरू गरेर आन्तरिक आवश्यकता पूर्ति गरिनुपर्ने बताउनुभएकाे छ।