Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


निर्वाचनका लागि ७७ वटै जिल्लामा ७ सय पर्यवेक्षक परिचालन


182
Shares

काठमाडाैं । निर्वाचन पर्यवेक्षण समिति नेपालले आगामी फागुन २१ गते हुने चुनावका लागि देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ।

प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको हाे। समितिका अनुसार स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको छ। यस अन्तर्गत ४० जना दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण विधि र प्रक्रियाको नजिकबाट अनुगमन गरिरहेका छन्।

पर्यवेक्षकहरूले निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवार, सार्वजनिक पदधारण गरेका व्यक्ति, सञ्चारकर्मी, सामाजिक संघसंस्था तथा मतदातालगायत सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै निर्वाचन आचारसंहिता पालना भए–नभएको, प्रचारप्रसार खर्च र त्यसको स्रोतकाे बारेमा गहिरो अध्ययन गरिरहेका छन्।

समितिले कानूनसम्मत रूपमा शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मर्यादित, मितव्ययी तथा भयरहित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सकारात्मक योगदान आवश्यक रहेको जनाएकाे हाे।