३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


विपद् व्यवस्थापनसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, असोज ९ । विपद् व्यवस्थापनसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाली सेना र अमेरिकी सेना प्यासिफिकले संयुक्त रुपमा आयोजना गरेको चार दिने सम्मेलनमा विपद व्यवस्थापन सम्बन्धमा विज्ञहरुसँग छलफल र तालिम आयोजना गरिने नेपाली सेनाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले विपद् व्यवस्थापनमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताए । नेपालमा २०७२ सालमा गएको भूकम्पका बेला विदेशी दातृ निकायले गरेको सहयोग सराहनीय भएको र नेपाली सेना पनि भविष्यमा अन्य मुलुकहरु पर्ने विपद्का बेला सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

सम्मेलनकै बीच आयोजना गरिएका पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सम्मेलनमा भारत, चीन, श्रीलंका, क्यानडा, इजरायल, सिंगापुरलगायत मुलुकका ६४ जना र नेपालका तर्फबाट विभिन्न सुरक्षा निकायका ३०२ प्रतिनिधि सहभागी भएको जानकारी दिए ।

विपद ब्यवस्थापन निर्देशनालयका प्रमुख सहायक रथी जीतबहादुर गुरुङले विपद् ब्यवस्थापनसम्बन्धी सम्मेलन सन् २०११ बाट हरेक दुई वर्षमा आयोजना गर्ने गरिएको भए पनि आगामी दिनमा प्रत्येक वर्ष सम्मेलन गर्ने जानकारी दिए ।