काठमाडौं, असोज ९ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर मुलुकको आर्थिक समृद्धिमा लाग्न आह्वान गरेका छन् ।
टोखा नगरपालिकास्थित भजन खलःलाई आज साँस्कृतिक वाद्यवादनका सामग्री हस्तान्तरण गर्दै उनले स्थानीय क्षेत्रको समृद्धिमा लाग्न आग्रह गरेका हुन् ।
राजनीतिक क्रान्ति पुरा भइसकेको भन्दै उनले अब सरकार विकासको दायित्व पूरा गर्ने दिशामा अघि बढेकाले सहयोग गर्नसमेत अपील गरे । उनले आफ्नो संस्कृति बचाउन टोखाले गरेको कामको प्रशंसासमेत गरे ।
नेवारी भाषा र संस्कृतिको संरक्षण गर्न टोखाले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
इन्द्र जात्राको अवसरमा टोखाले आफ्नो संस्कृति झल्कने भजनसहित वाद्यवादन प्रदर्शन गरेको थियो । पोखरेलले सो अवसरमा टोखाका विभिन्न वाद्यवादन समूहलाई वाद्यवादन हस्तान्तरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्