Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा चलचित्र विधेयक पेश गर्दै


91
Shares

काठमाडौं । राष्ट्रिय सभाकाे बैठक बुधबार दिउँसाे सवा १ बजे बस्ने भएकाे छ ।

साेही बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएकाे हाे । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री कार्कीले विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारित समेत गर्न सभासमक्ष प्रस्तुत गर्न लाग्नुभएकाे जनाएकाे छ ।

त्यस्तै, बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेकाे छ। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेकाे हाे ।

त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ।