Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आगामी फागुन ३ गतेभित्र घोषणापत्र पेश गर्न राजनीतिक दललाई आयोगको निर्देशन


169
Shares

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेश गर्न निर्देशन दिएको छ ।

फागुन २१ गते हुने चुनावमा भाग लिएका सबैलाई चुनावी प्रचारप्रसारमा जानुअघि नै फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताउनुभएकाे हाे । आयोगले राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने जनाएकाे छ।

निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम आयाेगले दलहरूलाई चुनावी आचारसंहिता पालना गर्न आग्रह गरेकाे हाे ।