काठमाडौं ।
शेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ उपसमूह मध्ये आव म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य हरियो भएको बाहेक ११ वटा उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशत घटेको छ । एक सय ७९ कम्पनीको शेयर मूल्य घटना ७४ वटाको शेयर मूल्य बढेको छ ।
घटेको बजारमा कालिञ्चोक दर्शन र अरुणभ्याली जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक ६ प्रतिशत बढी र ५ प्रतिशत बढी कमाएका छन् । तर कर्पोरेट विकास बैंकका लगानीकर्ताले भने सवैभन्दा धेरै ५ प्रतिशत बढी गुमाएका छन् । आज दिनभरमा ३२४ वटा स्टकको दुई करोड १७ लाख १५ हजार कित्ता शेयर ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।
कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनीको साढे ४० करोड र रिडी पावर कम्पनीको साढे ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।





प्रतिक्रिया दिनुहोस्