काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन सम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने जनाएको हाे । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने जारी सूचनामा उल्लेख छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ । भिडियोमा चुनाव प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्ने भएकाे हाे ।
एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्ने आयोगले जनाएकाे छ ।







प्रतिक्रिया दिनुहोस्