काठमाडौं ।
तत्कालिन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी लगायतका घटकहरुसँग पार्टी एकीकरण गर्दै निर्वाचन चिन्ह समेत परिवर्तन गरेर चुनावी मैदानमा उत्रिएको छ ।
लामो समय पछि विना गठबन्धन मैदान उत्रिएको नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनावी प्रचार प्रसारको कार्यक्रमलाई तिव्रता दिएको छ । नेता कार्यकर्ता घरदैलोमा जुटेको नेकपाको समग्र चुनावी रणनीतिक के बनाइरहेको छ त ?
नेपाली कम्युनिष्ट पार्टीले दर्जनभन्दा बढि घटकसँग एकता र समायोजन गर्दै चुनावी तयारीमा जुटेको हो । पार्टी संयोजक पुष्कमल दाहालकै नेतृत्वमा चुनाव परिचालन समिति गठन गरेको नेकपाको चुनावी अभियानको सहसंयोजकमा पनि माधवकुमार नेपाल छन । गत निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले ४४ स्थानमा मात्रै प्रत्यक्षतर्फ उम्मेदवारी दिएकोमा यसपटक दाहाल नेतृत्वको नेकपाले १६४ वटा क्षेत्रमा उम्मेदवार उठाएको छ ।
जेन जी आन्दोलनको समयमा प्रतिपक्षीमा रहेको नेकपाले एमालेलाई आन्दोलनले क्षति पुगेको र कांग्रेसमा आन्तरिक विवाद रहेकाले त्यसमा खेल्ने गरि रणनीति बनाईरहेको देखिन्छ । विशेष परिस्थितिमा चुनाव हुन लागेको भन्दै सवै क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्ने स्पेशल टास्क फोर्स गठन गरेको छ जसलाई बुथकेन्द्रीत गराउने योजना उसको छ ।
नेकपा नेता अग्नि सापकोटाले नेकपाले यसपटकको चुनाव प्रचारप्रसारमा प्रविधिको प्रयोग पनि बढाएको छ । उसका डिजिटल सामग्री उत्पादनको काम आइटी टिमले गरिरहेको छ । निर्वाचन आयोग फागुन ४ गते पछि दिएको चुनाव प्रचारको समयमा केहि स्थानमा शिर्ष नेताहरु पुगेपनि पुरै पुनारै शैली मात्रै नअपनाई उनिहरुको भनाइ छ ।
नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र लेखनको काम पनि अगाडि बढाइरहेको छ । घोषणापत्रमा सुशासन, भ्रष्टाचारमुक्त देश, समृद्धि, समता, रोजगारी देखि भूमि, किसान र सुकुम्बासीको समस्या कसरी समाधान गर्ने भन्ने विषयलाई केन्द्रमा राखिएको नेकपा नेताहरु बताउछन ।
यसरी धेरै घटकलाई जोडेर चुनावी मैदानमा उत्रिएको नेकपालाई पार्टीको नाम र चुनाव चिन्ह्लाई जनतामा परिचित गराउनै पनि चुनौतिपुर्ण मानिएको छ । त्यसैले जनतासंगको भेटघाटलाई समेत उसले केन्द्रमा राखेर प्रचार रणनीति बनाएको देखिन्छ ।






प्रतिक्रिया दिनुहोस्