Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन


273
Shares

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गर्नुभएको छ ।

सोमवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले शाह र ओलीलाई लक्षित गर्दै एक जना बोलेको बोलई गर्ने र अर्को बोल्दै नबोल्ने खालको रहेको भन्दै धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उहाँको भनाइ छ । उहाँले काँग्रेस सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रश्तुत पनि गर्नुभयो । अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै उहाँले झोक चल्यो भने घर जलाईदिन्छु भन्न अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको एक जना उम्मेदवार हुनुहुन्छ बोलेको बोलेई, घोचेको घोचेई गर्ने, अर्को प्रधानमन्त्री हुनुहुन्छ एकछिन बोलेजस्तो गर्नुहुन्छ, मौन धारण । एउटा धेरै बोल्ने, अर्को बोल्दाबोल्दै हराईहाल्ने । देशको प्रधानमन्त्री धेरै बोल्नेबाट पनि चल्दैन । बोल्दै नबोल्नेबाट पनि चल्दैन । देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट मात्रै चल्छ । गगन थापा त्यही कुराको तौलेर बोल्ने व्यक्तिको रुपमा हुुनुहुन्छ । यहाँ प्रश्न वडा अध्यक्षको होइन प्रधानमन्त्रीको छ । झोक चल्यो भने घर जलाइदिन्छु भनेको छ । यस्तै झोक चल्यो भने सोच्नुस् त नेपालको प्रधानमन्त्री चयन भइसकेपछाडि फ्रान्सका मान्छेहरुले प्रधानमन्त्री को अरे भन्दै गर्दा त फ्रान्स र नेपालको सम्बन्धको व्याख्या गर्नसक्ने हुनुपर्यो नि । संयुक्त राष्ट्र संघको मञ्चमा बसेर कसले नेपालको प्रतिनिधित्व गर्नसक्छ ? एकचोटि सोच्नुस् त ।’
उहाँले जेन–जी आन्दोलनको क्रममा सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीहरुको जिम्मा लिन आफूहरु तयार रहेको पनि बताउनुभयो ।

Skip This