शंकर बरुवाल, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले वर्तमान अवस्थामा पार्टीभित्र अभूतपूर्व एकता कायम रहेको दाबी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता घिमिरेले यस्तो बताउनुभएको हो ।
केन्द्रीय प्रतिनिधिको रूपमा रामेछाप खटिनुभएका घिमिरेले कांग्रेससँग निर्वाचन लडेको लामो अनुभव रहेकाले आगामी निर्वाचनमा कसरी परिणाम आफ्नो पक्षमा पार्ने भन्ने रणनीति स्पष्ट रहेको उल्लेख गर्नुभयो । “कांग्रेससँग चुनाव जित्ने कला र अनुभव दुवै छ,” उहाँले भन्नुभयो, “यो पटकको निर्वाचनबाट नेपाली कांग्रेस मुलुकको पहिलो दल बन्छ ।”
रामेछापको चुनावी सन्दर्भमा बोल्दै नेता घिमिरेले यहाँका उम्मेदवार रामचन्द्र खड्काको विजय सुनिश्चित रहेको दाबी गर्नुभयो । खड्काको व्यक्तित्व निष्कलंक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “उहाँमाथि कुनै विवाद वा आर्थिक अपचलनको आरोप छैन । स्वच्छ छवि र निष्ठावान् राजनीतिक पृष्ठभूमिका कारण खड्कालाई मतदान नगर्नु पर्ने कुनै कारण नभएको घिमिरे बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्