काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताउनुभएकाे छ।
सभापति थापाले साेमबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । ठेक्का तोडेर जादु गरे जस्तो गर्दा पूर्वाधारणको समस्या समाधान नहुने समेत बताउनुभयाे । नेपालमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या रहेकाे बताउदै उहाँले यसले विकासको लागत त बढाएको समेत बताउनुभएकाे छ। सडक, सिँचाइ जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता रहेकाे उहाँकाे भनाइ थियाे ।
पूर्वाधार समयमै बनाउने योजना सुनाउँदै पाँच वर्षमा नेपालले परिवर्तन गर्न सक्छ भन्ने उदाहरण कांग्रेसले पेश गर्ने सभापति थापाकाे दावी छ ।






प्रतिक्रिया दिनुहोस्