काठमाडाैं । निर्वाचन आयोगले आम मतदातालाई चुनावका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ ।
आयोगले मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको जनाएकाे हाे । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले बताएकाे छ ।
डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्याउने लक्ष्यसहित यहि माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको हाे । स्वीकृत कार्यक्रम अनुसार हरेक पालिकाका हरेक वडामा एक-एक स्वयंसेवक परिचालन हुने भएका छन् । प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ ।
प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी फागुन २१ गते नपर्वाचन हुने भएकाे हाे । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेकाे छ ।





प्रतिक्रिया दिनुहोस्