Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


आयाेगले आचारसंहिता विपरीतका १८१ सूचना कारबाहीका लागि साइबर ब्यूरोमा पठायाे

४० वटा सूचना भने प्रेस काउन्सिलमा पठाइयाे

169
Shares

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी गलत सूचना प्रवाह गर्ने १ सय ८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ ।

आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले साेही सूचना विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि साइबर ब्यूरोमा पठाएकाे बताउनुभएकाे हाे । सात वटा गलत सूचना दूरसञ्चार प्राधिकरण ऐन, अनुसार कारबाहीका लागि प्राधिकरण पठाइएको पनि बताउनुभयाे ।

त्यस्तै, वेभसाइड नै खोलेर आचारसंहिता विपरीत काम गरेकाले ४० वटालाई प्रेस काउन्सिलमा पठाइएको पनि आयोगले जनाएको छ । त्यसैगरी आयोगले ४७ वटा गलत सूचना केन्द्रीय आचारसंहिता अनुगमन समितिमा कारबाहीका लागि पठाएको जानकारी गराएकाे हाे ।

आयोगले आचारसंहिता विपरीतका कामकारबाही घट्दै गएता पनि अपेक्षा अनुसार घटाउन नसकिएको जनाएको छ ।