काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभा बैठकमा शुक्रबार बोल्दै उहाँले यस्ताे ध्यानाकर्षण गराउनुभएको हाे । उहाँले निर्वाचन प्रचारको क्रममा सामाजिक सञ्जालमार्फत लागीगलौजका आपत्तिजनक भाषाहरु प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्नुभएकाे छ । सम्बन्धित निकायले त्यसमा रोक लगाउनुपर्ने समेत बताउनुभयाे । उहाँले राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो पार्टीको दृष्टिकोणसहित जनतामा प्रश्तुत भएर उनीहरुको विश्वास जित्ने गरी अघि बढ्न आवश्यक रहेको बताउनुभएकाे छ ।
उहाँले राजनीतिक दलहरुले आफ्नो सैद्धान्तिक दृष्टिकोण जनतामा लिएर जान नसक्ने हो भने त्यसले जनतामा भ्रम सिर्जना हुने खतरा रहेको समेत बताउनुभयो । सांसद शर्माले जाजरकोट लगायतका भूकम्प पीडितका लागि राहतको व्यवस्थापनमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्