काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।
सोही दुर्घटनामा परी ३४ जना घाइते भएको प्रहरीले बताएको हो । बिहीबार राति बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएर दुर्घटना भएको प्रहरीले बताएको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्