Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


राजनीतिक दलसहित सबै पक्षलाई निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आयोगको आग्रह (विज्ञप्तिसहित)


39
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरेको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै आचारसंहिताको पालनामा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेको हो । आयोगले चुनावलाई मानव अधिकारमैत्री बनाउन पनि जोड दिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावमा मानव अधिकारको अवस्थाको बारेमा सूक्ष्म अनुगमन गरिरहेको बताउदै आयोगले चुनावी प्रचारका क्रममा एक–अर्काप्रति घृणायुक्त आरोप–प्रत्यारोप नलगाउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले चुनावी प्रचारका क्रममा राजनीतिक दलका केही नेता र उम्मेदवारले एक–अर्को दल, नेता तथा उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको उल्लेख गर्नुभयो । त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ ।

अरूको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको पाइएको आयोगले जनाएको हो ।