Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


देश चलाउन गुच्चा खेलेको जस्तो होइनः अध्यक्ष ओली

ओलीकाे बालेन्द्रप्रति लक्षित टिप्पणी: 'आमनिर्वाचनको अनुभव नै नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिडिरहेको देख्छु'

208
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दावी गर्नु हाँस्यास्पद भएको बताउनुभएको छ ।

झापावासीहरुसँगको भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अध्यक्ष ओलीले भोट हाल्ने भन्दा बढी अनुभव नभएकाहरूले देश चलाउने दावी गर्नु हाँस्यास्पद रहेको बताउनुभयो । देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको उहाँको भनाइ छ । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने उहाँकाे जिकिर थियाे । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गर्नुभयो । उहाँले अमेरिकासहितका देशहरुमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेको दृष्टान्त समेत दिनुभएकाे छ ।

अध्यक्ष ओलीले देश चलाउन, दर्शन, नीति र सिद्धान्त चाहिने बताउनुभयो ।