काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धि समस्या तत्काल समाधान गर्ने बताउनुभएको छ ।
बुधवार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य विमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने बताउनु भयो । उहाँले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताउनु भयो । गरिव वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरुका लागि सो कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उहाँको भनाई थियो ।
प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्नें पनि बताउनु भयो । जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरुका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री कार्कीको भनाई थियो ।
उहाँले भन्नुभयो,‘स्वास्थ्य बीमा कार्यक्रमलाई नियमन गर्न जरुरी छ । मेडमले अत्यन्ते मेहनत गर्नु भएको हो । कानून, नियम बनाएर ल्याएर एकद्धार प्रणालीबाट कानूनमा स्थापित गरौ भनेको हो । हो भने १६ लाखको दुःखी, गरिव असहाय सबैलाई सडकमा बसेका गरिव विपन्न वर्ग, त्यसपछि अल्पसंख्यकहरु, अब त्यस्तोलाई दिने हो भने त्यो हिसावबाट एकद्वारबाट जानुप¥यो । पैसा पनि गईराखेको छ, उपचार पनि पाइराखेको छैन । कहाँ के भएको हो ? अव त्यो त ठिक भएन । सही हो । करा त आएको नै हो । अब दिएन भने त मार्दछन । त्यो त सही हो । अब दिएन भने त उनीहरुले कुरा उठाउँछन् । हामीले ३५ सय दिईराखेका छौ भन्छन । सरकारले त सित्तै खाएजस्तो भयो नि । त्यसैले के गर्ने हो ? अव सोच्नुप¥यो । अर्थमन्त्रीजी टुरमा हुनुहुन्छ । उहाँ आएपछि यसो बसेर छलफल गरेर ऋणपान गरेर हुन्छ कि, खोजेर हुन्छ कि । मान्छेले अनिकाल भयो भने के हुन्छ ? छोराछोरीको माखामुन्द्रा तानतुन पारेर भएपनि झिटीझाम्टा बेचेर भएपनि काँसमा थाल रहेछन् भने बरु सिलेवरमा खाएर बेचेर पनि गर्छ । त्यसैले केही उपाय त गर्नुपर्छ । नगरी त हुँदैन । मान्छे कराउँछन । यो ठूलो आउँछ नि त । गर्ने भन्ने नगर्ने । हिजो कसले के भयो, कुन हिसावबाट त्यो कुराको अभिव्यक्ति दिनुभयो, त्यो तपसिलको कुरा हो । जनताले त सरकार नै देख्छ । हिजोको सरकार र आजको सरकारसँग के मतलव । उसले पाउने कुरा पाउनुप¥यो । यही भएर यो प्रोग्राम राखेको हो । यसैमा तीन महिनादेखि लागि रहनु भएको हो । हामी सबैलाई भनेको पनि हो । हामीलाई बेलाबेलामा झकझक्याउनुभएको पनि हो । पुनजी आफ्नो काम गर्दिएनन् भनेर हामीलाई गाली गरेर हिँड्नुभएको हो । यसलाई हामीले यो रुपमा नलैजाउ । अब बसेर छलफल गरेर अब हामी त जिम्मेवार छौ नि त । सरकार जिम्मेवार हो । भोली विपद् प¥यो भने हामी हाम्रो खल्ती हेरिरहन्छौ र । भिख मागेर पनि, चन्दा बटुलेर पनि पाल्नु पर्छ नि मान्छेलाई त । यो पनि त्यस्तै अवस्था हो । अब अगाडि चाहीँ हामीले नियमन गर्नै पर्दछ । कुनैपनि हालतमा एकद्वारा प्रणाली अपनाउँनै पर्छ । मान्छेको पहिचान गरेर र्नै गर्नुंपर्छ । यसरी लथालिंग कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउने मान्छे चाँही केही नपाउने गरेर त्यो गरेर हामीले यसलाई छाडा रुपमा चाँही राख्नु हँुँदैन । त्यसलाई एउटा नियमपूर्वक दिनुपर्छ भन्ने मलाई लाग्दछ । आजको कार्यक्रम यही कुराको सुचित होस सम्भवत हामी ढिलो गर्दैनौ होला । मिटिङ गरेर, जे गरेर हुन्छ । अर्थमन्त्री बाहिर भएको हुनाले हामी बसेर छलफल गरेर यसलाई हामी सुधार्नेमा जान्छौ । जसरी पनि यो समस्या समाधान गर्नेतिर जान्छौँ । आगामी यसको नियम, कानून बनाउने कुरामा उहाँको तयारी नै छ । अलिकति समय भएर राष्ट्रपतिजीले हस्ताक्षर गरिदिनु भएको भए कानून पनि आइसक्थ्यो । नियम पनि बनिसक्थ्यो । सुधार पनि भईसक्थ्यो । हामी सबै मिलेर यो समस्या समाधान गरौ । ‘
प्रधानमन्त्री कार्कीले सो कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी स्वास्थ्य मन्त्रालयले नीतिगत र कानूनी व्यवस्था तय गर्न लागेको पनि बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्