काठमाडाैं ।
दक्षिण एसियाली फुटबल महासंघले साफ यु–२० च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ।
तालिका अनुसार नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । प्रतियोगिता मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल २३ मार्चमा भुटानसँग खेल्नेछ ।
नेपाल रहेको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका पनि छन् । नेपालले दोस्रो खेल २५ मार्चमा श्रीलंकासँग तथा तेस्रो खेल २७ मार्चमा आयोजक माल्दिभ्ससँग खेल्नेछ । अर्को समूहमा साबिक विजेता भारतसँगै उपविजेता बंगलादेश तथा र पाकिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाल सुरुआती दुई संस्करणको विजेता टोली हो । नेपालले २०१५ र २०१७ मा भारत र बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । सन् २०२४ को फाइनलमा बंगलादेशसँग घरेलु मैदानमा ४–१ ले पराजित हुँदा नेपाल उपविजेता बनेकाे थियाे ।भारतले सर्वाधिक चारपल्ट उपाधि जितेकाे छ ।





प्रतिक्रिया दिनुहोस्