Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नेपालमा ग्याँसकाे अभाव, ग्याँसको कार्यालयमै उपभोक्ताकाे भीड


1.2k
Shares

काठमाडौं । नेपाली बजारमा दुई हप्तादेखि ग्याँस अभाव देखिएको छ ।

बजारमा अहिले विशेष गरी नेपाल ग्याँसको अभाव चरम रूपमा देखिएको हाे । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्याँस ढुवानी भएर नेपाल नआउँदा ग्याँसको अभावको सामना उपभोक्ताले गर्नुपरेको हाे।

नेपाल ग्याँसका बिक्री केन्द्रहरूमा दुई हप्तादेखि ग्याँस नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्याँसको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि ग्याँस नपाएको गुनासो उपभोक्ताहरूले गरेका हुन् ।

बिहानदेखि दिनको २ बजे सम्म मात्र ग्याँस वितरण गरिने कार्यालयमा अहिले दैनिक सयौं उपभोक्ताहरू लाइन लागेर बस्ने गरेका छन् । यसरी उपभोक्ताले ग्याँस नपाएको गुनासो गरिरहँदा कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको जनाएकाे हाे ।