Logo ३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026


रूस र युक्रेनबीचको जारी ४ वर्षे युद्ध अन्त्य गर्न यूएईमा भोलिदेखि वार्ता हुने


1.1k
Shares

एजेन्सी । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा ४ वर्षे युद्ध अन्त्य गर्न बुधबारदेखि नयाँ चरणको वार्ता शुरु हुने जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार र बिहीबार युएईको राजधानीमा वार्ता हुने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको हो। यो वार्ता रुसले युक्रेनविरुद्ध पूर्ण मात्रामा आक्रमण शुरु गरेको चौथो वार्षिकोत्सव भन्दा दुई हप्ता भन्दा कम समय अघि हुने भएको छ । वार्तामा रूसले आक्रमण गरी कब्जामा लिएको पूर्वी डोनबास क्षेत्रको महत्त्वपूर्ण मुद्दामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।

तर अहिलेसम्म कुनै पनि पक्षले सफलताको कुनै सङ्केत देखाएका छैनन् । अमेरिकाले दुई छिमेकीहरूबीच युद्ध अन्त्यको लागि जोड दिदै आइरहेको हो ।