Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


फ्याफुल्ला कन्स्ट्रक्सनद्वारा सुरेश चुनारासहित दुई प्रशिक्षक सम्मानित


455
Shares

काठमाडौं । एशियन च्याम्पियनसिपमा कुस्ती तर्फ ऐतिहासिक पदक जित्न सफल कुस्ती खेलाडी सुरेश चुनारालाई फ्याफुल्ला कन्स्ट्रक्सनको तर्फबाट सम्मान गरिएको छ। उक्त अवसरमा चुनारासहित दुई जना प्रशिक्षकसमेत सम्मानित भएका छन्।

कार्यक्रममा फ्याफुल्ला कन्स्ट्रक्सनका प्रतिनिधि तथा पूर्व खेलाडी जनक लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पूर्व खेलाडीसमेत रहेका लामाले खेलाडीको संघर्ष, पीडा र सपनालाई नजिकबाट बुझ्ने व्यक्तित्वका रूपमा खेल क्षेत्रको विकासमा निरन्तर योगदान दिँदै आएको बताए ।

यसै अवसरमा मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी र प्रशिक्षक संजय कुमार यादव पनि सम्मानित भएका छन्। उनीहरूजस्ता अनुभवी र समर्पित मार्गदर्शक पाउनु नै खेलाडीहरूका लागि ठूलो शक्ति रहेकाे लामाले बताए ।

कुस्ती खेलाडीका प्रशिक्षक सुरेश चुनारा उक्त सम्मानले आफूमा अझ बढी जिम्मेवारी बोध गराएको उल्लेख गर्दै उनले देश, खेल र भावी खेलाडीहरूको हितमा अझ इमानदार भएर निरन्तर लागिरहने प्रेरणा प्राप्त भएको बताएका छन्।