Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


नेप्से १९ अंकले घट्यो, ९ अर्ब बढीकाे काराेबार


65
Shares

काठमाडाैं । साताको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ब्यापार बाहेक अरु सवै उपसमूहमा गिरावट आएको छ । होटल तथा पर्यटन उपसमूह सवैभन्दा बढी १ दशमलव ७५ प्रतिशतले घटेको छ ।

दुई सय एक कम्पनीको शेयर मूल्य घट्दा ५० वटाको मात्रै मूल्य बढेको छ । आज मिथिला लघुवित्तको शेयर मूल्य सवैभन्दा बढी ९ दशलव ७ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर मूल्यमा उल्टो सर्किट लागेको छ ।

दिनभरमा ३२९ वटा स्टकको दुई करोड २० लाख ६० हजार कित्ता शेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ५५ करोड ५२ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ शून्य दशमलव ४२, विकास बैंक शून्य दशमलव ७५, वित्त शून्य दशमलव ४४, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् एक दशमलव ३६ र लगानी समूह शून्य दशमलव ९६ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७६, लघुवित्त शून्य दशमलव ५७, म्यूचुअल फण्ड शून्य दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको छ।