Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पत्रकार दिनेश सिटौलाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिँदै


988
Shares

काठमाडाैं । पत्रकार दिनेश सिटौलाको शव पोस्टमर्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार भविष्यमा कुनै विवाद उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पोस्टमर्टम गर्न लागिएको हो।

सिटौलाको आइतबार दिउँसो १२:४५ बजे ग्राण्डी अस्पतालमा निधन भएको थियो। अस्पतालका अनुसार चिकित्सकीय परीक्षणमा मस्तिष्कको कार्यक्षमता पूर्ण रूपमा बन्द भएको पुष्टि भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग सुदूरपश्चिम भ्रमणमा रहेका सिटौला अछाममा बेहोस भएका थिए।

प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनी ४८ घण्टासम्म आईसीयूमा उपचाररत रहे पनि स्वास्थ्य अवस्थामा सुधार नआएको अस्पतालले जनाएको छ। सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत हुन्।