Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


वीरगञ्ज नाकाबाट ६ महिनामा १२ अर्बको खाद्यान्न आयात


26
Shares

काठमाडाैं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए।

जबकी गत आवको छ महिनामा भने रू ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो। चालु आवको ६ महिनामा ५ अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ।

जबकी गत आर्थिक वर्षको सोही अवधिमा भने रू ६ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो । चालु आवको ६ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ। त्यस्तै चालु आवको छ महिनामा एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र रू ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ।

त्यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ।