Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


टाइगर कपको पुरूषतर्फको फाइनल खेलमा भाेलि गण्डकी र पर्वतबीच प्रतिस्पर्धा हुने


312
Shares

पाेखरा । छैठाैं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनशीपको पुरुषतर्फको खेलमा गण्डकी र पर्वतले ५ सेट खेल्दा नेपाल पुलिस क्लब उपाधि होडबाट बाहिरिएको छ ।

पाेखरामा शुक्रबार भएको लिगचरणको अन्तिम खेलमा गण्डकीले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दा पुलिसलाई घाटा भएको हो । अब फाइनलमा गण्डकी र पर्वत टिमकाबीचमा नै उपाधिका लागि फाइनल भिडन्त हुने भएको हो । गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेकाे हाे ।

समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वत भन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रहेकाे छ । गण्डकी र पर्वतबीचको फाइनल खेल शनिबार दिउँसो २ बजेदेखि शुरु हुने भएकाे हाे । त्यस भन्दा अघि तेस्रो स्थानका लागि पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने भएकाे छ।