Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


कांग्रेस एक-ढिक्का भएर निर्वाचनमा जान्छः सभापति थापा

पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी

377
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताउनुभएको छ ।

जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग निरन्तर संवादमा रहेको बताउनुभएको हो । सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिनुभयो । विगतका कुरालाई लिएर कांग्रेसका कुनैपनि नेता तथा कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको बताउनुएकाे छ । उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

सभापति थापाले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभएकाे छ ।