Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


आगामी चुनावी प्रयोजनका लागि १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति


104
Shares

काठमाडौं। अर्थ मन्त्रालयले चुनाव प्रयोजनका लागि कूल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ ।

जसमध्ये ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएकाे हाे।आगामी फागुन २१ गते हुन लागेको चुनावका लागि निर्वाचन आयोगलाई गत कात्तिक १८ मा ४ अर्ब ९६ करोड ६६ लाखको स्रोत सहमति दिइएको थियो । त्यसपछि मंसिर २० मा थप १ अर्ब ७७ करोड ९० हजार बराबरको स्रोत सहमति दिइएको मन्त्रालयले जनाएकाे छ।

अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड निकासा भैसकेको हाे। प्रतिनिधिसभा सदस्य चुनावको व्यवस्थापनमा केन्द्रित स्रोत सहमति र निकासालाई मन्त्रालयले प्राथमिकता दिएको देखिन्छ ।त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई कात्तिक १३ मा २ करोड ८० लाख र नेपाली सेनालाई सुरक्षा उपकरण खरिदका लागि मंसिर २८ मा ४ करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति दिएको हाे ।

गृह मन्त्रालय तथा अन्तर्गतका निकायलाई प्रतिनिधिसभा चुनावका लागि १० अर्ब ३९ करोड ३४ लाख बराबरको स्रोत सहमति प्रदान गरिएको छ । नेपाली सेनालाई चुनाव केन्द्रित चालू खर्चतर्फ १ अर्ब ९४ करोड ६८ लाख ५५ हजारको स्रोत सहमति दिएको तथ्यांकमा उल्लेख गरिएकाे छ ।