Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


अमेरिकी दुतावासद्वारा काठमाडौंमा ‘क्रिएटर मेला २०२६’ को आयोजना


130
Shares

काठमाडाैं । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो बहु–शहर यात्राको समापन गर्दै ‘क्रिएटर मेला २०२६’ आयोजना गरेको छ ।

माघ १६ र १७ गते ठमेलस्थित एक होटलमा दुई दिने विशेष मेला आयोजना भएको हो । यस वर्षको मेलाको मुख्य नारा ‘दृष्टिकोण देखि उद्यमसम्म’ तय गरिएको छ । यसले डिजिटल सामग्री सिर्जनालाई व्यावसायिक सफलता र उद्यमशीलतासँग जोड्ने लक्ष्य राखेको हाे। ‘दृष्टिकोण देखि उद्यमसम्म’ थिम अन्तर्गत आयोजना हुन लागेको यस मेलाले डिजिटल क्रिएटरहरूलाई आफ्नो सिर्जनात्मक क्षमतालाई दीर्घकालीन करियरको रूपमा कसरी विकास गर्ने भन्ने बारेमा मार्गनिर्देशन गर्ने भएकाे छ ।

साेही कार्यक्रममा अमेरिकी प्रविधि, प्लेटफर्म मुद्रीकरण र डिजिटल व्यवसाय विकासका विज्ञताहरूलाई समावेश गरिने भएकाे छ । जसले नेपाली क्रिएटरहरूलाई आफ्नो प्रभाव विस्तार गर्न र आर्थिक रूपमा सबल बन्न मद्दत पुग्ने विश्वास लिइएको हाे । सन् २०२३ मा शुरु भएको ‘क्रिएटर मेला’ नेपालको डिजिटल परिदृश्यमा एक प्रमुख केन्द्रको रूपमा स्थापित भइसकेको छ । अहिले चौथो संस्करणमा आइपुग्दा यसले नेपालको क्रिएटर इकोनोमीलाई व्यावसायिक बनाउन र देशको आर्थिक वृद्धिमा सहयोग पुर्‍याउन अमेरिकी दुतावासको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।

मेलाले देशैभरीका उदीयमान र स्थापित क्रिएटरहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको सीपलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने दुतावासले विश्वास लिएको हाे ।