एजेन्सी । चीनमा म्याच फिक्सिङको आरोपमा १३ वटा क्लब कारबाहीमा परेका छन् ।
म्याच फिक्सिङ, फुटबल उद्योगमा भ्रष्टाचारको अनुसन्धानपछि क्लबहरूलाई २१ हजार पाउन्ड स्टर्लिङदेखि १ लाख ४ हजार पाउन्ड स्टर्लिङसम्म जरिवाना गरिएको बीबीसीले जनाएको हाे । प्रतिबन्ध परेका मध्ये ९ वटा टोलीले आगामी चिनियाँ सुपर लिग सिजन माइनस अंकमा शुरू गर्ने भएका छन् । त्यस्तै, अन्य ४ वटा टोली पहिले नै चाइना लिग वानमा घटुवा भइसकेका छन् । गएको सिजनको उपविजेता शाङ्घाई शेन्हुआ र टियान्जिन टाइगर्सले सबै भन्दा बढी १०–१० अंक गुमाएका छन् ।
उद्योग अनुशासन कायम राख्न, फुटबल वातावरण शुद्ध पार्न र निष्पक्ष प्रतिस्पर्धा कायम राख्न क्लबहरूमाथि जरिवना गरिएको अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएकाे छ । यसअघि सन् २०२४ को सेप्टेम्बरमा चीनमा ४३ जना अधिकारी र खेलाडीहरू आजीवन प्रतिबन्धमा परेका थिए ।





प्रतिक्रिया दिनुहोस्