काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताउनुभएको हो । तग भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा २३ जनाको मुत्यु भएको उल्लेख गर्दै उहाँले अध्यक्ष ओलीले प्रधमानमन्त्रीको हैसियतमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको बताउनुभयो । २४ भदौमा संविधान र सुरक्षा निकायहरु नै हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र गरिएको उहाँको भनाइ छ ।
सचिव बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशैभरीबाट १४ हजार कैदी भागेको टिप्पणी गर्नुभयो । उहाँले भागेकामध्ये दुई जना कैदीको मृत्यु हुनुका साथै दुई जना फरार कैदीले आमा र श्रीमतिको हत्या गरेको भन्दै यसको जिम्मेवारी सभापति लामिछानेले लिनुपर्ने जिकिर गर्नुभएकाे छ । उहाँले मुलुकमा आगजनी र लुटपातमार्फत भएको क्षतिको जिम्म लामिछानेसँगै बालेन्द्र शाहले लिनुपर्ने जिकिर गर्नुभयो ।
सचिव बस्नेतले आन्दोलनको नाममा भएको ध्वंसको सबै हिसाब किताब गर्ने चेतावनी समेत दिनुभएकाे छ। उहाँले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको पनि टिप्पणी गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्