Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


एमालेले आगामी फागुन पहिलो हप्ता निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने


39
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण निर्वाचनको घोषणा पत्र जारी हुने काममा ढिलाई हुन गएको पनि स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने कुरा पछि राखेकाले निर्वाचन आचारसंहिता लाग्छ भनेर राजनीतिक दलहरुले त्यसलाई घोषणा गर्ने कामलाई पनि पछि पार्नु परेको बताउनुभएकाे छ । निर्वाचन आयोगको कार्यतालिका शुरु हुने बित्तिकै एमालेले पनि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने उहाँकाे भनाइ छ।

महासचिव पोखरेलले निर्वाचन घोषणा पत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवारहरुले सो घोषणा पत्र जनताको माझमा पुर्‍याउने पनि बताउनुभयो । उहाँले निर्वाचन घोषणा पत्र तयारीका लागि आफ्नो पार्टीले विज्ञहरुसँग परामर्श गरिसकेको समेत बताउनुभएकाे छ।