Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


काभ्रेमा मतदानस्थल ‘संवेदनशील’


0
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा ८८ मतदानस्थल सुरक्षाका हिसाबले संवेदनशील देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रले मतदानस्थलहरुलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ ।

दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रेका १ सय ८९ मतदानस्थल मध्ये २३ वटा अति संवेदनशील, ६५ वटा संवेदनशील र एक सय एक सामान्य रहेको काभ्रे प्रहरीका सूचना अधिकारी एवं डिएसपी रविन विष्टले जानकारी दिनुभयो ।

काभ्रे जिल्लामा निर्वाचनका लागि एक हजार १ सय २२ नेपाल प्रहरी, २ हजार ९४ जना निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचन खटिने भएका छन । जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न पनि प्रहरीले िवशेष अपरेशन चलाईरहेको छ भने हालसम्म ५३ जना पक्राउ परेका छन् ।

६८ जना कैदी अझै फरार छन् । तीन लाख २६ हजार ६ सय ११ मतदाता रहेको काभ्रेमा स्वतन्त्र र राजनीतिक दलबाट गरी ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।