Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


शेयर बजारमा गिरावट जारी


65
Shares

काठमाडौं ।
शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट जारी रहेकाे छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २७ सय १४ मा थामियो । नेप्से घटे पनि कारोबार भने उच्च नै साढें १४ अर्बमाथि रहेकाे छ । जलविद्युत, लगानी र सामूहिक लगानी कोष सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह रातो रहेकाे छ । विकास बैंक र उत्पादनमूलक समूहमा २ प्रतिशत माथिको गिरावट आउँदा बाँकी सामान्य दरले ओरालो लागेकाे छ ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय २० स्टकको ३ करोड ५५ लाख कित्ता शेयर १४ अर्ब ५६ करोडमा खरिद बिक्री भएको एक्स्चेन्जले जनाएको छ । यसमध्ये १ सय ७० कम्पनीको मूल्य घट्दा ८५ को बढ्यो ।

घटेको बजारमा पनि हिमाल दोलखा हाइड्रो, शिवश्री हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतमाथि कमाए । यसदिन नादी ग्रुप पावरको सबैभन्दा उच्च ६० करोड बराबरको कारोबार भयो ।