काठमाडौं । राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरिएको छ ।
बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सो अवसरमा उहाँले सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनका लागि सो प्रतिवेदन सभामा पेश गरिएको बताउनुभयाे ।
प्रतिवेदनमा नेपाललाई अतिकमविकसित राष्ट्रबाट विकाशशील राष्ट्रमा परिणत गर्न, जलवायु परिवर्तनले पारेका असर न्युनिकरणका लागि ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराउने लगायतका विषयहरु समावेश गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्