Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


सर्लाहीका ४ जना वडाध्यक्ष कांग्रेसमा प्रवेश


741
Shares

काठमाडाैं । सर्लाहीका ४ जना वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन्।

गोडैता नगरपालिका -१ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र ११ का अध्यक्ष विश्वनाथ पण्डित पार्टीमा प्रवेश गरेको कांग्रेसले जनाएको हाे। सभापति गगन थापाले वडाध्यक्षहरूलाई पार्टीमा स्वागत गरेका छन्। सभापति थापा सर्लाही-४ मा उम्मेदवार छन्। सभापति थापालाई सहयोग गर्न आफूहरू कांग्रेस प्रवेश गरेको वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितको भनाइ छ।

गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, ५ का अध्यक्ष जसपा तथा ११ का अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए। साथै गत प्रदेशसभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही-४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गर्नुभएकाे हाे ।

साथै बसबरियाका जसपा नेता मुकेश यादव र वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन्। सर्लाही- ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि यसअघि कांग्रेसमा प्रवेश गरेरका थिए।