काठमाडौं । पश्चिम क्षेत्रका हुम्ला, जुम्ला, बैतडी र बागलुङ लगायत जिल्लामा बाक्लो हिमपात भएको छ ।
हुम्लाको सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा मंगलबार रातिदेखि नै हिमपात भएको हो । त्यस्तै, बैतडीका उच्च क्षेत्र सिगास, खोडपे, अनारखोली र ढोल्यामोडमा हिमपात भएको छ । सोही क्षेत्रमा माघयता दोस्रो पटक राम्रै हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिने स्थानीयले बताएका हुन् ।
त्यस्तै, बागलुङको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा ठूलो हिमपात भएको छ । मंगलबार रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका हुन् । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला र निसेलढोरमा पनि हिमपात भएको छ । तर चिसो अत्यधिक बढेपछि जनजीवन भने प्रभावित बनेको स्थानीयबासीले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्