एजेन्सी । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले अमेरिकामा हालैका गोलीकाण्डका घटनापछि उत्पन्न परिस्थितिलाई गम्भीर र चिन्ताजनक भएको बताउनुभएको छ ।
उहाँले यसप्रकारका घटनाले अमेरिकी नागरिकमा डर र असुरक्षासँगै अन्तर्राष्ट्रिय दृष्टिले पनि अमेरिकाको छवि र कानून–व्यवस्थामा प्रश्न उठेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो । जर्मनीको उत्तरी सहर हाम्बर्गमा आयोजित पत्रकार सम्मेलनमा चान्सलर मर्जलाई ती घटनाको बारेमा धारणा राख्न भनिएको थियो । उहाँले घटनामा गोली चलाउनु साँच्चिकै आवश्यक थियो कि थिएन र अधिकारी साँच्चै कुनै खतरामा परेका थिए कि थिएनन् भन्ने विषयमा अमेरिकी निकायहरूले निष्पक्ष, गहिरो र विस्तृत अनुसन्धान गर्नु जरुरी रहेको समेत बताउनुभयो ।
चान्सलरले यसरी अनुसन्धान हुनु आवश्यक रहेकोमा जोड दिँदै यसले नागरिकको जीवन, सुरक्षा प्रति सम्मान देखाउने र कानून तथा व्यवस्था कायम राख्न सहयोग पुर्याउने बताउनुभएको छ । न्यायपूर्ण मूल्याङ्कन र पारदर्शिता लोकतन्त्रको आधारभूत सिद्धान्त भएको र हरेक घटनामा यहि कुरा सुनिश्चित हुनुपेर्नेमा उहाँले जोड दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्