Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


रानीतिक दल र उम्मेदवारको चुनावी खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन (सूचनासहित)


91
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि राजनीतिक दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय बैंकले साेमबार एक सूचना जारी गर्दै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरेकाे छ ।

हरेक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवम् प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो ।