Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


राष्ट्रिय लिग फुटबलमा मनाङ मस्याङ्दी र नेपाल पुलिसको पहिलो जित


221
Shares

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा मनाङ मस्याङ्दी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको पहिलो खेलमा मनाङ मस्याङ्दीले काँक्रेबिहार क्लबलाई ५–१ गोलले पराजित गरेको हो । मनाङ मस्याङ्दीका गिडियन नाहले २ तथा सुरेश कुमाल, अनिल कुमार पन्चे मगर र नवराज गुरुङले १र१ गोल गरेका थिए । काँक्रेबिहारका सन्दीप देउवाले गोल गरेका हुन् ।

प्रतियोगितामा मनाङ मस्याङ्दीको चार खेलमा यो पहिलो जित हो । त्यस्तै, काँक्रेबिहारको लगातार चौथो हार हो । त्यस्तै, एन्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा पुलिसले श्री भगवती युवा क्लबलाई १–० गोलले पराजित गरेको छ । पुलिसले उपहार गोल पायो । प्रतियोगितामा पुलिसको चार खेलमा यो पहिलो जित हो । त्यस्तै, श्रीभगवतीको दोस्रो हार हो ।

अखिल नेपाल फुटबल संघको आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुने भएका छन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको हो ।