Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा स्कटल्याण्ड विजयी

नेपाल भने ७२ रनले पराजित

182
Shares

काठमाडाैं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा साेमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर ५ बलमा ६८ रनमा अलआउट भयो । नेपालकी विन्दु रावल र रोमा थापाले अविजित १४ रन बनाएका थिए। स्कटल्यान्डकी अबतहा मकसूदले ३ विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले १ सय ४० रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डकी प्रियनाज चटर्जीले अविजित ४५ रन बनाइन् । नेपालकी मनिषा उमाध्यायले ४ र रुविना क्षेत्रीले ३ विकेट लिइन् ।

योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना सकिएको छ । स्कटल्यान्डले भने सुपर सिक्समा स्थान बनाएको हाे । यसैबीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । साेमबारको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।

समूह ‘ए’ मा पपुवा न्यु गिनीलाई ५ विकेटले पराजित गरेपछि अमेरिका पनि सुपर सिक्समा पुगेको हाे । समूह ‘ए’ बाट बंगलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेको छ । ‘सुपर–सिक्स’ बाट शीर्ष ४ वटा टोली यहि जुनमा इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुने भएकाे हाे।