काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइज युनाइटेडले पहिलो विजयी प्राप्त गरेको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला आइतबार राति भएको खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० गोलले पराजित गरेको हो । चर्च ब्वाइजका अबायोमी फाकुनलेले २ र मिलन राईले १ गोल गरेका थिए । यसअघि आइतबारै भएका अरू खेलमा न्युरोड टिम (एनआरटी) र नेपाल एपीएफ क्लब विजयी भएका छन् । एनआरटीले फ्रेन्ड्स क्लबलाई र एपीएफले सङ्कटा एफसीलाई पराजित गरेको हो।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी भएका छन् ।





प्रतिक्रिया दिनुहोस्