Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


शेयर बजार : साताको पहिलो दिन नै उछाल


91
Shares

काठमाडौं ।
साताको पहिलो कारोबार दिन शेयर बजारमा उछाल आएको छ ।

विहान बजार खुलेदेखि नै बढ्न थालेको बजार परिसूचक नेप्से ५७ दशमलव ५५ अंकले बढ्दै २७ सय ७२ को विन्दुमा पुगेको छ । परिसूचकसंगै कारोबार रकम पनि ह्वात्तै बढेको छ ।

नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक बढ्दा होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशतले बढेको छ । यस्तै, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । आज एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत गरी नौ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

एभरेष्ट बैंकको डिबेञ्चर २०८५ को शेयर मूल्यका लगानीकर्ताले सर्वाधिक ५.८० प्रतिशत गुमाएका छन् । दिनभरमा ३३१ वटा स्टकको तीन करोड ९ लाख १५ हजार कित्ता शेयर १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, ग्रीन भेन्चर्स लिमिटेडको साढे ३९ करोड र शिवम् सिमेन्ट्सको ३२ करोड रुपैयाँको शेयर कारोबार भएका छ ।