Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


महालेखाद्वारा सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक


1.5k
Shares

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीन पुस्ते विवरण सार्वजनिक गरेको छ ।

कार्यालयले तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका जनाएको हो । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंले आइतबार सरकारी बाँकी रकम तिर्न आउने सम्बन्धी सूचना सार्वजनिक गरेको छ । विगतमा पनि पटक-पटक सार्वजनिक सूचना प्रकाशित गरिएको तर बाँकी रकम नबुझाएको हुँदा बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कार्यालयमा सम्पर्क गरेर बुझाउनुपर्ने रकम बुझाउन र नबुझाएमा चलअचल सम्पत्ति दावी गरी कानून अनुसार अशुल उपर गरिने कार्यालयले जनाएको हो ।