Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


मुलुकमा ठूलो फेरबदल जरुरीः नेता जबरा


0
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताउनुभयो ।

उहाँले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको र नागरिकका कामरु नगरेकाले अब राप्रपा नै एकमात्र विकल्प रहेको बताउनु भयो । मुलुकमा धर्म, संस्कृति, परम्परालाई कायम राख्न पनि पनि राजतन्त्रको पुनःस्थापना जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो मुलुकमा हामीले धेरै हेरिसक्यौँ । ठूला पार्टीहरुबाट चलाइएको, ठूला पार्टीहरुबाट सञ्चालन गरिएको कुरामा धेरै कुरा देख्यौँ । अन्त्यमा गएर भ्रष्टाचारमा लुप्त भए । मुलुकलाई दक्षताका साथ चलाउने उनीहरुमा क्षमता छैन ।

यो परिस्थितिलाई बुझेर मुलुकभर राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा धर्म, संस्कृति, परम्परा कायम राख्दै एउटै ठूलो फेरबदल मुलुकमा चाहिन्छ । चुनावबाट जनताको आवाज संसदमा दन्काइन्छ । सरकारबाट जे जति बेइमानी हुन्छ, त्यसको विरोध गर्न त्यसबारे सचेत गर्न राप्रपाका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गर्न यो मञ्चबाट आह्वान गर्न चाहन्छु ।’ उहाँले काठमाडौं ५ बाट कमल थापालाई विजयी गराउन पनि आह्वान गर्नुभयो ।