काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
शनिवारबाट शुरु शुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताउनुभयो । उहाँले इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको बताउनु भयो । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ हामीले जिम्मेवारवोध गर्ने दिनका रुपमा पनि लिनुपर्छ । इतिहास भनेको पढ्नका लागि मात्रै होइन, पाठ्यक्रममा राख्नका लागि मात्रै होइन । त्यसलाई मनन गर्नका लागि र इतिहासबाट धेरै कुराहरु सिक्नुपर्ने हुन्छ । इतिहास केबल कितावका पानामा मात्र राख्नका लागि होइन, स्मरण गर्न र जीवनमा उपयोग गरी सही बाटोमा अघि बढ्नका लागि हो ।
इतिहाससँगै जनताका लागि काम गर्नुपर्छ भन्ने दिनका रुपमा लिनुपर्छ । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा स्मरण गराउँछ ।’ उपप्रमुख डंगोलले शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैल्याउन मद्दत गर्नुभएको बताउनु भयो । प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदामा अविष्मरणीय रहेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्