Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


महावीर पुनले प्राप्त गरे चुनाव चिह्न त्रिभुज


286
Shares

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिह्न प्राप्त गर्नुभएकाे छ ।

उहाँले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे। उहाँले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूले त्रिभुज चिह्न प्राप्त गरेकाे जानकारी गराउनुभयाे । पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भएकाे छ। पार्टीका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको बताउनुभयाे ।

उज्यालोले सोही क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । महासचिव चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभएकाे छ।