काठमाडाैं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरुले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
आसन्न निर्वाचनमा पनि राजनीतिक दलहरुले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रश्तुत गर्नुपर्ने उहाँले बताउनुभएकाे हाे । राष्ट्रिय सभाको १९ औं अधिवशनमा शुक्रबार बोल्दै नेता सिटौलाले राजनीतिक दलहरु, सांसदहरुबीच एकता कायम नहुने हो भने मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताउनुभयो । उहाँले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएकाे छ ।
नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको जिकिर समेत गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्